Kathmandu Press

अमेरिकाको बाल्टिमोरमा अन्धाधुन्द गोली चल्यो, एक नेपालीसहित ४को मृत्यु

वासिङ्टन डिसी, वैशाख २७ : अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्धाधुन्द गोली चलेको छ। सो घटनामा परी एक नेपालीसहित ४ जनाको मृत्यु भएको प्रहरीले...
अमेरिकाको बाल्टिमोरमा अन्धाधुन्द गोली चल्यो, एक नेपालीसहित ४को मृत्यु

वासिङ्टन डिसी, वैशाख २७ : अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अन्धाधुन्द गोली चलेको छ। सो घटनामा परी एक नेपालीसहित ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार बिहान भएको सो घटनामा परी संखुवासभा खादवारी नगरपालिका ६ तल्लो पांठाका २५ वर्षीय सागर घिमिरेको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा परी मृत्यु हुनेमा अन्य दुई जना स्पेनिस नागरिक रहेको र एक जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

सो गोलीकाण्डमा परी सर्लाही स्थायी घर भएका श्याम अधिकारी पनि घाइते भएका छन् । उनलाई पनि गोली लागेको छ । उनको यूनिभर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर अस्‍पतालमा उपचार भइरहेको छ।

५६ वर्षीय एभर्टनले अन्धाधुन्द गोली चलाका थिए । प्रहरीले चलाएको गोलीबाट एभर्टनको पनि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घिमिरे एकसता अघिमात्र बाल्टिमोर आएको बताइएको छ । अध्ययनका लागि अमेरिका पुगेका उनले साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेका सकेका थिए ।

 

प्रकाशित मिति: १०:१० बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्