Kathmandu Press

डा. भट्टराईले दिए ओलीलाई विदाइ गर्नुपर्ने चार कारण

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी ओलीलाई सोमबार नै विदाइ गर्नुपर्ने चार कारण उल्लेख गरेका छन्।
डा. भट्टराईले दिए ओलीलाई विदाइ गर्नुपर्ने चार कारण

काठमाडौं, वैशाख २७ : पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी ओलीलाई सोमबार नै विदाइ गर्नुपर्ने चार कारण उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले लेखेका छन्, ‘ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारणः (१) कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको (२) संविधानविपरीत संसद विघटन गरेर र दुई तिहाइनजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको (३) संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको र (४) खोप-औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!’
 

प्रकाशित मिति: ०९:३३ बजे, सोमबार, वैशाख २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्