Kathmandu Press

कोरोना संक्रमित सांसदले पनि मतदानमा भाग लिन पाउने

कोरोना संक्रमित सांसदले पनि मतदानमा भाग लिन पाउने

काठमाडौं, वैशाख २७ : कोरोना संक्रमण देखिएका सांसदहरूले पनि विश्वासको मतका लागि मतदानमा भाग लिन पाउने भएका छन् ।

प्रतिनिधि सभा बाहिर टेन्टमा मतदानको व्यवस्था मिलाइएको हो। सांसदहरूलाई हावा जाने खुला स्थानमा बस्ने व्यवस्था मिलाउने तयारी छ। प्रतिनिधि सभाका २६ सांसदलाई कोरोना देखिएको थियो।

सांसदहरूले प्रधानमन्त्रीमाथि विश्वास छ कि छैन भन्ने मतमा हस्ताक्षर गरेर दिनेछन्। मतपत्रमा हुन्छ र हुन्न तथा मत दिन्न भन्ने व्यवस्था हुनेछ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार कोरोना संक्रमण देखिएका सांसदहरू पनि मतदानमा भाग लिन पाउने व्यवस्था गरिएको हो ।

प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दैछन्।  प्रतिनिधि सभामा हाल २७१ सांसद छन्। प्रधानमन्त्री ओलीलाई पदमा कायम रहन १३६ मत भए पुग्छ।

प्रकाशित मिति: ०८:५४ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्