Kathmandu Press

अधिकांश स्थानमा बदली, विभिन्न स्थानमा वर्षा

काठमाडौं, वैशाख २७ : आज देशका विभिन्न स्थानहरुमा बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।सोमबार बिहान...
अधिकांश स्थानमा बदली, विभिन्न स्थानमा वर्षा

काठमाडौं, वैशाख २७ : आज देशका विभिन्न स्थानहरुमा बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार बिहान देशका अधिकांश  भू–भागमा सामान्य बदली छ। प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चचिमका भू–भागका थेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। पश्चिमी न्यून चापीय प्रणाली र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावले मौसम बदली रहने र वर्षा हुने बताइएको छ।

दिउँसो पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: ०७:५१ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्