Kathmandu Press

भारतमा दैनिक संक्रमितको वृद्धिमा केही कमी, थपिए ३ लाख ६६ हजार संक्रमित 

काठमाडौं, वैशाख २७ : दोस्रो लहरको संक्रमणको  ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितहरु पछिल्ला दिनको तुलनामा केही कमी आएको छ ।लगातार ४...
भारतमा दैनिक संक्रमितको वृद्धिमा केही कमी, थपिए ३ लाख ६६ हजार संक्रमित 

काठमाडौं, वैशाख २७ : दोस्रो लहरको संक्रमणको  ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितहरु पछिल्ला दिनको तुलनामा केही कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख ६६ हजार ४९९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २६ लाख ६२ हजार ४१० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८६ लाख ६५ हजार २६६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ५० हजार ९९८ छ । यस्तै त्यहाँ एकैदिन ३७ सय ४८ संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४६ हजार १४६ पुगेको छ ।

प्रकाशित मिति: ०७:२८ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्