Kathmandu Press

युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, असार १ : प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण सकेर स्वदेश फर्किएका छन्। 

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को स्वीट....

युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, असार १ : प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण सकेर स्वदेश फर्किएका छन्। 

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भएर आइतबार स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री ओलीलाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीको सम्मान नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो। मन्त्रीगण, नेपाल सरकारको उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख पनि प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगेका थिए।

प्रधानमन्त्री ओलीले जेठ २७ गते आइएलओको शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना भएको विशेष समारोहमा भाग लिनुका साथै बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका थिए। स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमणका लागि गत जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रकाशित मिति: १५:०३ बजे, आइतबार, असार १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्