पार्टी एकताका लागि मध्यरातमा ओलीलाई माधव नेपालको ६ बुँदे पत्र, सम्बोधन नभए सामूहिक राजीनामा
नेपाल पक्षले आफ्ना माग पुरा नभए सांसदबाट सामूहिक राजीनामा दिने चेतावनी सहितको पत्र पठाएका हुन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ ।
काठमाडौं, वैशाख २७ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि मध्यरातमा अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे प्रस्तावसहित पत्र पठाएका छन् ।
नेपाल पक्षले आफ्ना माग पुरा नभए सांसदबाट सामूहिक राजीनामा दिने चेतावनी सहितको पत्र पठाएका हुन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ ।
ओलीले सोमबार विहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे तत्काल बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने खनाल-नेपाल समूहले चेतावनी दिएको छ । नेपाल समूहको आइतबार बसेको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिवद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार विहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।
वरिष्ठ नेता नेपालले पठाएको पत्रमा अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनु गल्ती भएको औंल्याइएको छ ।
विश्वासको मत लिने सन्दर्भमा पनि अन्य दलहरुसँग छलफल गर्ने, तर आफ्नै पार्टीभित्र भने शत्रुवत् व्यवहार गरिएको नेता नेपालको गुनासो पनि गरेको छ ।











-1790332718.jpg)