देउवाको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्छ : श्रेष्ठ
गोरखा, वैशाख २६ : नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा बहुमतको नयाँ सरकार बन्ने...
गोरखा, वैशाख २६ : नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा बहुमतको नयाँ सरकार बन्ने बताएका छन्।
आइतबार गोरखा सदरमुकाममा पत्रकारसँगको संक्षिप्त कुराकानीमा श्रेष्ठले अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि वर्तमान सरकारले संसद्बाट विश्वासको मत प्राप्त गर्न सक्ने बताए। ‘अहिलेको सरकारले भोलि (सोमबार) विश्वासको मत प्राप्त गर्न सक्दैन,’ उनले भने, ‘छिट्ट्रै बहुमतको नयाँ सरकार बन्छ।’
अहिले देउवाको नेतृत्वमा बहुतको सरकार बन्ने उनको भनाइ थियो। ‘अहिले कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने विपक्षी गठबन्धनको तयारी छ,’ श्रेष्ठले भन, ‘हाम्रो पार्टीले स्पष्ट रुपमा सरकारलाई विश्वासको मत दिन सक्दैनौँ भनेर निर्णय गरिसकेका छौं।’
प्रवक्ता श्रेष्ठले देशको अहिलेसम्म सामाजिक–आर्थिक रुपान्तरणमा सरकारले छिपछिपेपन मात्र देखाएको तथा कोरोना नियन्त्रण र रोकथाममा समेत प्रभावकारी भूमिका खेल्न असफल भएको आरोप लगाए।
प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख बैठकमा भाग लिन नसक्ने घोषणा गरेका परिस्थितिमा संवैधानिक आयोगमा गरिएको नियुक्तिसमेत असंवैधानिक भएको बताए।











-1790332718.jpg)