Kathmandu Press

शीर्ष स्थानमा रहँदै काठमाडौं प्लेफमा

काठमाडौं, वैशाख २६ : काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिगका काठमाडौं रेजर्स शीर्ष स्थानमा हरँदै प्लेफमा पुगेको छ। सुपर लिगको लिग चरणको अन्तिम खेलमा...
शीर्ष स्थानमा रहँदै काठमाडौं प्लेफमा

काठमाडौं, वैशाख २६ : काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिगमा काठमाडौं रेजर्स शीर्ष स्थानमा हरँदै प्लेफमा पुगेको छ। 

सुपर लिगको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ ले हराउँदै काठमाडौं १३ अंकका साथ प्लेअफमा पुगेको हो। काठमाडौंले प्लेअफको क्वालिफायरमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ। 

Hardik ivf

काठमाडौं र धनगढीबीचको क्वालिफायर खेल मंगलबार हुनेछ। यता, काठमाडौंसँग पराजित भएसँगै चितवन भने नेपाल सुपर लिगमा जितबिहीन रहने एक्लो टिम बन्यो। 

लिगको अन्तिम खेलमा काठमाडौंलाई जित दिलाउन मोउसुके ओलोमोउ र संजोग राईले एक–एक गोल गरे भने चितवनका लागि राजिव लोप्चनले गोल गरे।

१७औं मिनेटमा ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए। उनले विश्वास उदासको पासमा गोल गरेका थिए। ३४औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए।

खेलको ४० औं मिनेटमा लोप्चनले गोल गर्दै चितवनलाई २–१ को स्थितिमा ल्याए। त्यससपछि खेलमा कुनै गोल नहुँदा काठमाडौं विजयी भयो।

खेलमा काठमाडौंका तेज तामाङ प्लेयर अफ दि म्याच भए भने काठमाडौंकै विश्वास उदास इमर्जिङ प्लेयर अफ दि म्याच भए।

प्रकाशित मिति: २०:५२ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्