सेती अस्पतालमा एकै दिन सात संक्रमितको मृत्यु
धनगढी, वैशाख २६ : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात जना कोरोना सङ्क्रमितको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा कैलालीका चार र कञ्चनपुरका...
धनगढी, वैशाख २६ : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात जना कोरोना सङ्क्रमितको ज्यान गएको छ।
पछिल्लो २४ घण्टामा कैलालीका चार र कञ्चनपुरका तीन जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। श्रेष्ठकाअनुसार कैलालीको लम्कीचुहा नगरपालिका–९ का ४२ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–४ की ३५ वर्षीया महिला, धनगढी–१८ का ५० वर्षीय पुरुष र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको मुत्यु भएको हो।
यस्तै आइतबार नै कैलालीको गोदावरी नगरपालिका–२ का ५८ वर्षीय पुरुष, कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ७४ वर्षीय पुरुष र पुर्नवास ६ की ४२ वर्षीया महिलाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए।
प्रकाशित मिति: २०:२६ बजे, आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











