Kathmandu Press

देशभरका सक्रिय संक्रमितमध्ये झण्डै आधा उपत्यकामा

काठमाडौं, वैशाख २६ : कोरोनाको महामारी तीव्र रुपमा फैलिएसँगै देशका बढी जनघनत्व भएका सहरहरुमा यसको व्यापक प्रभाव देखिएको छ। अहिले देशभरका सक्रिय संक्रमित संख्यामध्ये...
देशभरका सक्रिय संक्रमितमध्ये झण्डै आधा उपत्यकामा

काठमाडौं, वैशाख २६ : कोरोनाको महामारी तीव्र रुपमा फैलिएसँगै देशका बढी जनघनत्व भएका सहरहरुमा यसको व्यापक प्रभाव देखिएको छ। अहिले देशभरका सक्रिय संक्रमित संख्यामध्ये झण्डै आधा काठमाडौं उपत्यकामा रहेको सरकारी तत्थ्यांक छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तत्थ्यांक अनुसार अहिले देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा २९ हजार ५८७, भक्तपुरमा ४ हजार ४४ र ललितपुरमा ६ हजार २४५ गरि उपत्यकामा मात्र ३९ हजार ८७६ जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौंमा बढी सक्रिय संक्रमित भएकै कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलगायत धेरै अस्पतालहरुमा वेडको अभाव सृजना भइसकेको छ भने वेडको अभावमा मानिसहरु अक्सिजन सिलिन्डर बोकेर अस्पतालको बाहिर समेत बसिरहेको संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनले जानकारी दिए।

दैनिक देशभरी कोरोना संक्रमण पुष्टि भएकामध्ये अधिकांश काठमाडौंमा नै रहेका छन्। यसको मुख्य कारण जनघनत्व नै भएको डा. पुन बताउँछन्।

‘उपत्यकामा जनघनत्व बढी भएको र परिक्षण पनि बढी भइरहेकाले यहाँ धेरै संक्रमण देखिएको हो,’ उनले काठमाडौं प्रेससँग भने, ‘उपत्यकामा पिसिआर परिक्षण गर्न  अन्य सहरभन्दा सहज छ । त्यसैले परिक्षण गराउनेको संख्या बढी छ । जति परिक्षण भयो त्यति नै संक्रमण पुष्टि हुने हो।’

प्रकाशित मिति: १७:२५ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्