Kathmandu Press

ओलीका प्रतिनिधि र नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगियो

ओलीका प्रतिनिधि र नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगियो

काठमाडौं, वैशाख २६ : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका प्रतिनिधि र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । ओलीका प्रतिनिधि सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेलले नेता नेपालसँग सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा वर्ता गरेका थिए । 

वार्तामा नेता नेपालले राजीनामाबारे आफूहरुले विचार गर्ने वचन दिएको नेता पौडेलले जनाए । 

अध्यक्ष ओलीले आफूहरुको माग पूरा नगरेको भन्दै राजीनामाको तयारीसहित नेपाल पक्षीय सांसदहरु आइतबार दिउँसो संसद् सचिवालय पुगेका थिए । उनीहरुको राजीनामा रोक्ने प्रयासस्वरुप ओलीले नेपालसँग वार्ताका लागि नेम्वाङ र पौडेललाई खटाएका थिए।

प्रधानमन्त्री ओलीले सोमबार संसद्मा विश्वासको मत लिँदैछन् । 


 

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्