Kathmandu Press

उपत्यकामा थपिए ४१९८ संक्रमित, काठमाडौंमा मात्रै ३ हजार बढी

काठमाडौंमा ३ हजार १ सय ६१, भक्तपुरमा ५ सय ४, र ललितपुरमा ५ सय ३३ गरि उपत्यकामा मात्रै ४ हजार १ सय ९८ संक्रमित भेटिएका छन्। 
उपत्यकामा थपिए ४१९८ संक्रमित, काठमाडौंमा मात्रै ३ हजार बढी

काठमाडौं, वैशाख २६ : काठमाडौं उपत्यकामा ४ हजार १ सय ९८ कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा ३ हजार १ सय ६१, भक्तपुरमा ५ सय ४, र ललितपुरमा ५ सय ३३ गरि उपत्यकामा मात्रै ४ हजार १ सय ९८ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा देशभर ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिँदा ५२ जनाको मृत्यु भएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार १६० रहेको छ।
 

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्