थपिए ८८५० नयाँ कोरोना संक्रमित
कुल १९ हजार २९३ जनामा कोरोना परिक्षण गरिएको मध्ये पीसीआर विधिबाट ८ हजार ७७७ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौं, वैशाख २६ : गत २४ घण्टामा देशभर ८८५० जना कोरोना संक्रमित थपिएका छन्।
कुल १९ हजार २९३ जनामा कोरोना परिक्षण गरिएको मध्ये पीसीआर विधिबाट ८ हजार ७७७ र एन्टिजेन विधिबाट ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै, कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ भने निकाे हुनेको संख्या ४ हजार २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
अहिले देशभर ८८ हजार १ सय ६० सक्रिय संक्रमित छन्।
प्रकाशित मिति: १६:३८ बजे, आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार