नेपाल समूहसँग वार्ता गर्न नेम्वाङ र पौडेल सिंहदरबारमा
नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले पौडेल र नेम्वाङलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाएका छन् ।
काठमाडौं, वैशाख २६ : नेकपा एमालेको माधव नेपाल समूहसँग छलफलका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दुई जना नेतालाई सिंहदरबार पठाएका छन् । ओलीले नेपाल समूहसँग वार्ताका लागि विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङलाई सिंहदरबार पठाएका हुन् ।
नेपाल समूहका सांसदले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला उनीहरूको राजीनामा रोक्न ओलीले पौडेल र नेम्वाङलाई संसदीय दलको कार्यालय सिंहदरबार पठाएका छन् ।
प्रधानमन्त्री ओलीले सोमवार संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाल समूहका सांसदले भने सामूहिक राजीनामा दिने तयारी गरेका छन्।
प्रकाशित मिति: १६:१८ बजे, आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1790332718.jpg)