Kathmandu Press

पाँचखालका जनप्रतिनिधिको गाडी अब एम्बुलेन्स

 काभ्रे, वैशाख २६ : काभ्रेको पाँचखाल नगरपालिका जनप्रतिनिधिहरूले प्रयोग गर्दै आएका सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ। नगरपालिकाले जनप्रतिनिधिहरुले प्रयोग गर्दै...
पाँचखालका जनप्रतिनिधिको गाडी अब एम्बुलेन्स

 
काभ्रे, वैशाख २६ : काभ्रेको पाँचखाल नगरपालिका जनप्रतिनिधिहरूले प्रयोग गर्दै आएका सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गरिने भएको छ। नगरपालिकाले जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएका गाडी जनताको सेवाका लागि एम्बुलेन्सका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो।

नगरप्रमुख महेश खरेलले आइतबार विज्ञप्ति जारी गर्दै नगरबासीको दुःखमा सहयोग गर्नु जनप्रतिनिधिरुको पहिलो कर्तव्य गरेको भन्दै आफ्नो निजी गाडीसहित ४ वटा गाडी एम्बुलेन्सका रुपमा प्रयोग गरिने बताए।

अहिले पाँचखाल नगरभित्र ४ वटा एम्बुलेन्स सञ्चालनमा रहेपनि अहिलेको संकटको अवस्था ति एम्बुलेन्सले छिटो सेवा दिन कठीनाइ भएको भन्दै नगरपालिकाका गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग प्रयोग गर्ने निर्णय गरिएको उनले बताए।

‘नगरबासीहरुलाई परेको असहज परिस्थितिमा सहयोग, सद्भाव र सेवा उपलब्ध गराउनु जनप्रतिधिहरुको प्रथम कर्तव्य हो । अहिलेको संकटको घडीमा पाँचखालमा रहेका ४ वटा एम्बुलेन्सले जनतालाई सेवा दिन कठीनाई परिरहेको छ,’ नगर प्रमुख खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले नगरपालिकाको बा१झ १९०९ र बा११प ५६६८ नम्बरको स्कारपियो र बा२झ १४९४ नम्बरको पिकअप भ्यान तथा प्रमुख खरेलको बा८च ४२१० नम्बरको निजी ल्यान्डक्रुजर गाडी एम्बुलेन्सको रुपमा प्रयोग गरिने छ।’

 

प्रकाशित मिति: १५:३४ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्