Kathmandu Press

जसपाको बैठक भट्टराई निवासमा जारी 

काठमाडौं, वैशाख २६ : जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक बसिरहेको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा बैठक बसिरहेको हो । बैठकमा भट्टराईसहित...
जसपाको बैठक भट्टराई निवासमा जारी 

काठमाडौं, वैशाख २६ : जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक बसिरहेको छ । संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा बैठक बसिरहेको हो । 

बैठकमा भट्टराईसहित अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई छन्। 

जसपाका महन्थ–ठाकुर पक्षले बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेलगत्तै प्रधानमन्त्री केपी ओलीलाई भटेर आफूहरू तटस्थ बस्ने बताएका थिए।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिँदैछन् । 

नेपाली कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन्। यसअघि दुई धार देखिएको जसपाले ओलीलाई मत नदिएर तटस्थ बस्ने भएपछि ओलीले विश्वासको मत पाउने सम्भावना सकिएको छ।

संसद्‍मा एमालेका १२१ सांसद छन्। विश्वासको मत पाउन १३६ मत चाहिन्छ। जसपामा हाल ३२ जना सांसद रहेका छन्।

प्रकाशित मिति: १५:२५ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्