Kathmandu Press

दिल्लीमा थप एक साता लकडाउन

काठमाडौं, वैशाख २६ : भारतको दिल्लीमा एक साताका लागि लकडाउन थपिएको छ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा सोमबारदेखि लागू हुनेगरि थप एक साता लकडाउन बढाउने...
दिल्लीमा थप एक साता लकडाउन

काठमाडौं, वैशाख २६ : भारतको दिल्लीमा एक साताका लागि लकडाउन थपिएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा सोमबारदेखि लागू हुनेगरि थप एक साता लकडाउन बढाउने निर्णय गरेका हुन्। लकडाउन अघि कोरोनाको संक्रमण दर ३५ प्रतिशत रहेकोमा लकडाउनमा घटेर २३ प्रतिशतमा आएको हुँदा यसपटकको लकडाउन थप कडा हुने उनले बताए।

मे १७ तारिखसम्मका लागि घोषणा गरिएको उक्त लकडाउनमा मेट्रो रेल पनि चल्न नदिने उनले बताए।

गत अप्रिल १९ मा केजरीवालले ६ दिनका लागि लकडाउनको घोषणा गरेका थिए । त्यसपछि उक्त लकडाउन मे ३ र मे १० मा गरी दुई पटक लम्ब्याइएको थियो । दिल्लीका अस्पतालमा बिरामीको चाप अत्यधिक हुनका साथै अक्सिजन र आवश्यक औषधिको पनि अभाव हुन थालेपछि सरकारले लकडाउनको घोषणा गरेको थियो ।
 

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्