गुठी विधेयकमा गल्ती भए सच्याउँछौंः प्रधानमन्त्री
काठमाडौं, असार १ : प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीसम्बन्धी विधेयकमा केही गल्ती भएको भए सच्याउने बताएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार&n....
काठमाडौं, असार १ : प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीसम्बन्धी विधेयकमा केही गल्ती भएको भए सच्याउने बताएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार बिहान त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै गुठीसम्बन्धी विधेयक सच्याउने बताएका हुन्। उनी आठ दिने युरोप भ्रमणबाट स्वदेश फर्किका छन्।
प्रधानमन्त्री ओलीले भने, ‘सरकार जनतालाई दुखी बनाउन चाहदैन। खुशी भएको हेर्न चाहन्छ।’’ उनले गुठी एउटा धरोहरमात्रै नभई सम्पदा भएको बताए।
उनले गुठीका नाममा धेरै ठाउँमा शोषण भएको पनि जिकिर गरे। उनले सबैलाई एउटा रुपमा हेर्न नहुने तर्क गरे।
‘गुठीका नाममा विरोध र आन्दोलन चर्काउन खोज्नेहरूले कुनै चान्स पाउनेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘भुलवस केही गल्ती भएको भए सच्याउँछौं।’
त्यस्तै, प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापनबारे बोल्नु नहुने बताए। यस विषयको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए।
त्रिभुवन विमानस्थ्लमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगतायत विशिष्ट व्यक्ति पुगेका थिए।











