विवेकशील साझाको एकता महाधिवेशन स्थगित
काठमाडौं, वैशाख २६ : विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको छ। जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी गरिएको विवेकशील साझा पार्टीको एकता...
काठमाडौं, वैशाख २६ : विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको छ। जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी गरिएको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको हो ।
तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष २४ मंसिरमा एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।
अहिले कोरोना भाइरस संक्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना भएकाे र ठूलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले २५ वैशाखमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको विवेकशील साझाले बताएको छ ।
परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तोकिने बताइएको छ ।
प्रकाशित मिति: १४:२४ बजे, आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)