आफूसँग भएका अक्सिजन सिलिन्डर अस्पताललाई उपलब्ध गराउन क्रस व्यवसायी महासंघको अपिल
काठमाडौं, वैशाख २६ : कोरोना भाइरसको दोस्रो लहर व्यापाक रुपपमा फैलिएसँगै नेपालाका अधिकांश अस्पतालमा अक्सिन अभाव भइरहेको अवस्थामा नेपाल क्रसर तथा खानी उद्योग...
काठमाडौं, वैशाख २६ : कोरोना भाइरसको दोस्रो लहर व्यापाक रुपपमा फैलिएसँगै नेपालाका अधिकांश अस्पतालमा अक्सिन अभाव भइरहेको अवस्थामा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आफूसँग भएका खाली तथा भरी अक्सिजन सिलिन्डर अस्पताललाई उपलब्ध गराउन क्रसर तथा खानी उद्योगसँग अपिल गरेको छ।
एक विज्ञप्ति जारी गर्दै महासंघले आफू मातहत रहेका क्रसर तथा खानी उद्योगहरुलाई आफूसँग रहेका अक्जिसन सिलिन्डर सरकारलाई उपलब्ध गराई राष्ट्रिय विपद्को सयमा देश र जनताप्रतिको दायित्व पुरा गर्न अपिल गरेको छ।
‘कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि नेपालका स्वास्थ्य संस्थाहरुमा अक्सिनज अभाव हुँदै गएको वर्तमान अवस्थामा महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। महासंघ अन्तर्गत रहेका क्रसर तथा खानी उद्योगहरुले आ–आफ्नो उद्योगमा रहेका अक्सिजनका खाली तथा भरी सिलिन्डरहरु स्थानीय सरकार प्रमुखहरु मार्फत नेपाल सरकारलाई उपलब्ध गराई राष्ट्रिय विपद्को समयमा देश र जताप्रति दायित्व पुरा गर्न सबै व्यवसायीहरुलाई अपिल गर्दछ,’ नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका महासचिव पुरुषोत्तम रेग्मीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।











