सादिक खान दोस्रो कार्यकालका लागि लन्डनको मेयरमा निर्वाचित
लन्डन, वैशाख २६ : सादिक खान लन्डनको मेयरमा पुनः निर्वाचित भएका छन। लन्डनको मेयर पदका लागी भएको स्थानीय चुनावमा विपक्षी लेबर पार्टीको उमेदवार शान बेलीलाई...
लन्डन, वैशाख २६ : सादिक खान लन्डनको मेयरमा पुनः निर्वाचित भएका छन।
लन्डनको मेयर पदका लागी भएको स्थानीय चुनावमा विपक्षी लेबर पार्टीको उमेदवार शान बेलीलाई पराजित गरी पुन दोस्रो पटक मेयरमा निर्वाचित भएका हुन्।
मेयरको लागी भएको स्थानीय चुनावमा खानले ५५.२ प्रतिशत मत प्राप्त गरेका थिए भने विपक्षी उमेदवार शान बेलीले ४४.८ प्रतिशत मत प्राप्त गरेका थिए ।
सन् २०१६मा खान पहिलो पटक लन्डनको पहिलो मस्लिम मुलका मेयर भएका थिए।
‘लन्डनवासीले विश्वको सबैभन्दा ठूलो सहर लन्डनको नेतृत्व गर्न ममाथि राखेको विश्वासप्रति म अत्यन्त आभारी छु,’ खानले भने।
प्रकाशित मिति: १३:०७ बजे, आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












