अविश्वास प्रस्तावबारे जसपा संसदीय दलबाट निर्णय लिइने
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीलाई भेटेर जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अविश्वास प्रस्तावका सन्दर्भमा तटस्थ बस्ने बताएका थिए।
काठमाडौं, वैशाख २६ : प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने, विपक्षमा मतदान गर्ने या तटस्थ बस्ने भन्ने निर्णय जसपाको संसदीय दलबाट लिइने भएको छ।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीलाई भेटेर जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले अविश्वास प्रस्तावका सन्दर्भमा तटस्थ बस्ने बताएका थिए। तर, अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षका एक नेताले पार्टी लाइन त्यो नभएको बताए।
‘पार्टीको लाइन त आधिकारिक ठाउँबाट निर्णय गरेर पो बन्छ त । संसदीय दलको बैठक आज या भोलि बिहान बस्छ, त्यसैबाट बहुमतका आधारमा विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय हुनेछ,’ ती नेताले काठमाडौं प्रेससँग भने।
उनका अनुसार आज डा. भट्टराईको निवासमा शीर्ष नेताहरूको बैठक हुने सम्भावना छ। त्यसपछि संसदीय दलको बैठक बस्नेछ। बहुमतको निर्णय महन्थ र राजेन्द्रले नमानेमा उपेन्द्र यादवलाई संसदीय दलको नेता बनाउन सकिने सम्भावना रहेको ती नेताले जानकारी दिए।
‘उहाँहरूले उपेन्द्रजीको व्यक्तिगत कुरा भन्नुभएछ, पार्टीबाट निर्णय नहुने कुरा पो व्यक्तिगत हुन्छ त,’ यादव निकटस्थ अर्का केन्द्रीय कार्यकारिणी समिति सदस्यले भने, ‘जे निर्णय हुन्छ, पार्टीको आधिकारिक निकायबाटै हुन्छ ।











-1790332718.jpg)