Kathmandu Press

काबुलको एक विद्यालय नजिक बम विस्फोट हुँदा ५० जनाको मृत्यु, १०० घाइते

काबुल , वैशाख २६ : अफगानस्तानको राजधानी काबुलमा रहेको एक माध्यमिक विद्यालय नजिकै बम विस्फोट हुँदा ५० जनाको मुत्यु हुनुको साथै १०० जना घाइते...
काबुलको एक विद्यालय नजिक बम विस्फोट हुँदा ५० जनाको मृत्यु, १०० घाइते

काबुल , वैशाख २६ : अफगानस्तानको राजधानी काबुलमा रहेको एक माध्यमिक विद्यालय नजिकै बम विस्फोट हुँदा ५० जनाको मुत्यु हुनुको साथै १०० जना घाइते भएका छन्। 

शनिबार बिहान विद्यार्थीहरू विद्यालय भवन बाहिर निस्कने क्रममा बम विष्फोट हुँदा ५० जनाको मुत्यु हुनुको साथै १०० जना घाइते भएका हुन्। 

शिक्षा मन्त्रालयका प्रवक्ताले घटनामा मृत्यु हुने र घाइते हुनेमा अधिकांश छात्राहरु रहेको बताएका छन्। 

उत्त बम बिस्फोट घटनाको जिम्मा कसैले नलिएको प्रहरी अधिकारीले बताएका छन्। 

तालिवान आतंकवादी समूहले आफ्नो कुनै पनि संलग्नता नरेहेको बताएका छन्। 

अफगास्तान प्रहरी अधिकारीहरूले कारमा राखिएको बम विस्फोट भएको बताएका छन्। एजेन्सी
 

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्