Kathmandu Press

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव

१९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन बोलाइए पनि  अधिवेशन सुरु हुनु अघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिँदै उनले पुनः बहुमतको सरकारको दाबी गरे।
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव

बुटवल, वैशाख २६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको हो । 

यसअघि ६ वैशाखमा पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन बोलाइए पनि  अधिवेशन सुरु हुनु अघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिँदै उनले पुनः बहुमतको सरकारको दाबी गरे।

अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आफूहरुको पक्षमा बहुमत भएको दाबी गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्