संवैधानिक परिषद्को बैठक सकियो, संवैधानिक आयोगमा पदाधिकारी सिफारिस
काठमाडौं, वैशाख २६ : संवैधानिक परिषद्को बैठक सकिएको छ। विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्ती सिफारिस गर्दै प्रधानमन्त्री निवास बालुवाटरमा बसेको संवैधानिक परिषद् बैठक...
काठमाडौं, वैशाख २६ : संवैधानिक परिषद्को बैठक सकिएको छ। विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्ती सिफारिस गर्दै प्रधानमन्त्री निवास बालुवाटरमा बसेको संवैधानिक परिषद् बैठक सकिएको हो।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी थिए भने प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन्।
सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै परिषद बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषद अध्यादेश ल्याएपछि कांग्रेसले उक्त अध्यादेशको विरोध गरिरहेको छ।
बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको छ। अध्यादेशबाट दोस्रोपटक संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरिएको हो।
लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् भने अख्तियारमा दुई आयुक्त रिक्त छन्। यस्तै, महिला आयोग, वित्त आयोग, दलित आयोग लगायतका संवैधानिक निकायमा केही पद रिक्त छन्।











-1790332718.jpg)