प्रधानमन्त्री भेट्न बालुवाटार पुगे ठाकुर र महतो

काठमाडौं, वैशाख २६ ः जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका छन्।
बुढानिलकण्ठमा डेढ घन्टा लामो छलफल गरेका महन्थ र ठाकुर लगत्तै बालुवटार पुगेका हुन् । भेटमा देउवाले आफ्नो नेतृत्वमा बन्ने सरकारमा सामेल हुन आग्रह गरेकाे बताइएकाे छ ।
विश्वासको मतमा प्रधानमन्त्री केपी ओलीलाई साथ दिने बताएको जसपाका महन्थ र ठाकुर समूहले भोलि के गर्छन् भन्ने अझै टुंगो लागेको छैन। नेकपा एमाले भित्रै माधवकुमार नेपाल र झलनाथ खनालको समूहले सामुहिक राजिनामा दिने खबर बाहिरिएपछि अब महन्थ र ठाकुरले के गर्ने भन्ने अन्यौलमा परेका छन्।
यसैबारे प्रधानमन्त्री ओलीसँग छलफलका लागि ठाकुर र महतो बालुवाटार पुगेको जनाइएको छ।
प्रकाशित मिति: ११:५९ बजे, आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)