Kathmandu Press

अस्पतालमा अक्सिजन सिलिण्डर बाँड्दै प्रहरी

काठमाडौं, वैशाख २६ : महानगरीय प्रहरी परिसर भक्तपुरले कोरोना महामारी घातक बन्दै गएको भन्दै अक्सिजन सिलिन्डरको खोजी गर्ने र आवश्यकताअनुसार अस्पतालमा पुर्‍याउने कार्य सुरु...
अस्पतालमा अक्सिजन सिलिण्डर बाँड्दै प्रहरी

काठमाडौं, वैशाख २६ : महानगरीय प्रहरी परिसर भक्तपुरले कोरोना महामारी घातक बन्दै गएको भन्दै अक्सिजन सिलिन्डरको खोजी गर्ने र आवश्यकताअनुसार अस्पतालमा पुर्‍याउने कार्य सुरु गरेको छ।

भक्तपुर प्रहरीले अहिलेसम्म २० अक्सिजनसहितका र ७५ खाली गरी ९५ वटा सिलिन्डर विभिन्न अस्पताललाई प्रदान गरेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए। परिसरले मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पताललाई ५ र ललितपुरको अल्का अस्पताललाई ३ वटा अक्सिजनसहितका सिलिण्डर उपलब्ध गराएको उनले बताए।

यस्तै भक्तपुर अस्पताललाई ५० र मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई २५ खाली सिलिण्डर प्रदान गरिसकेको छ ।

ती सिलिन्डरहरु हाल सञ्चालन नभएका उद्योग कलकारखाना, वर्कशप, कवाडी सङ्कलन केन्द्र, जिमखानालगायत क्षेत्रबाट संकलन गरिएको उनको भनाइ छ।
परिसरमा अहिले ३७ खाली सिलिन्डर बाँकी रहेको भन्दै कुनै अस्पताललाई आवश्यक परेमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
 

प्रकाशित मिति: ११:४६ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्