सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौं, वैशाख २६ : सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्ने...
काठमाडौं, वैशाख २६ : सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठक आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ वानेश्वरमा बस्ने तय भएको छ।
भोलि सोमबार प्रतिनिधि सभा बैठक बस्न लागेको छ। उक्त बैठक तयारीका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेका हुन।
२८जना सांसद कोरोना संक्रमित भएकोले प्रतिनिधि सभा बैठकमा कसरी सहभागी गराउने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भनेपछि सोमबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो।
प्रकाशित मिति: ११:१६ बजे, आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)