संवैधानिक परिषद् बैठक : देउवा र सभामुख गएनन्, प्रधानन्यायाधीश र राष्ट्रिय सभाध्यक्ष सहभागी
परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छैनन्।
काठमाडौं, वैशाख २६ : संवैधानिक परिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको केपी ओलीले बोलाएको संवैधानिक परिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छैनन्। तर, परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओली अध्यक्षताको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन्।
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाल्दै संवैधानिक परिषदको बैठक बोलाएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति जारी गर्दै परिषदका सदस्यहरुलाई बैठकमा नजान आग्रह गरेका थिए। संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ।











-1790332718.jpg)