आज कानुन दिवस, प्रधानन्यायाधीशले दिए शुभकामना
काठमाडौँ, वैशाख २६ : आज कानुन दिवस, कानुन र न्याय क्षेत्रमा संलग्नहरूले यो दिवस मनाउँदैछन्। विसं २००९ मा आजकै दिन प्रधान न्यायालय स्थापना...
काठमाडौँ, वैशाख २६ : आज कानुन दिवस, कानुन र न्याय क्षेत्रमा संलग्नहरूले यो दिवस मनाउँदैछन्। विसं २००९ मा आजकै दिन प्रधान न्यायालय स्थापना भएको थियो ।
यो वर्ष कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाका कारण कुनै पनि औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन्। यो वर्ष ‘स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका प्रधानन्यायाधीशको प्रतिबद्धता’ नारा तय गरिएको छ ।
यसै अवसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । कानून दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
यो दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गरे । विसं २००९ मा आजकै दिन प्रधान न्यायालय स्थापना भएको थियो ।











-1790332718.jpg)