Kathmandu Press

भारतमा एकैदिन थपिए ४ लाख १० हजार संक्रमित, ४१ सयको मृत्यु

काठमाडौं, वैशाख २७ : दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा आइतबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।भारतमा एकैदिनमा चार लाख...
भारतमा एकैदिन थपिए ४ लाख १० हजार संक्रमित, ४१ सयको मृत्यु

काठमाडौं, वैशाख २७ : दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा आइतबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ ।

भारतमा एकैदिनमा चार लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका हुन्। पछिल्लो पटक ४ लाख ९ हजार ३०० संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या २ करोड २२ लाख ९५ हजार ९ सय ११ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा भारतमा ४१ सय संक्रमितको मृत्यु हुँदा कूल मृतकको संख्या २ लाख ४२ हजार नाघेको छ।  

हालसम्म भारतमा १ करोड ८३ लाख ११ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् भने अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ४२ हजार १५ छ ।

प्रकाशित मिति: ०७:२९ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्