Kathmandu Press

डीभी २०२२ को नतिजा सार्वजनिक 

डीभी २०२२ को नतिजा सार्वजनिक 

काठमाडौ, वैशाख २६ : सन् २०२२ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा प्रकाशित भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार शनिबार राति पौने १० बजे डीभीको नतिजा प्रकाशित गरेको हो । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ ।

छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत नपठाउने बताएको छ । 

नतिजा हेर्नका लागि  : 

https://dvprogram.state.gov 

प्रकाशित मिति: ०६:५५ बजे, आइतबार, वैशाख २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्