Kathmandu Press

आइतबार पदबाट राजिनामा दिने तयारीमा नेपाल–खनाल समूहका सांसद

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले हठ नछाडेपछि उक्त पार्टीका नेपाल-खनाल समूहका सांसदले आइतबार पदबाट राजिनामा दिने तयारी गरेका छन्।
आइतबार पदबाट राजिनामा दिने तयारीमा नेपाल–खनाल समूहका सांसद

काठमाडौं, वैशाख २५ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले हठ नछाडेपछि उक्त पार्टीका नेपाल-खनाल समूहका सांसदले आइतबार पदबाट राजिनामा दिने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिँदैछन्। आइतबार रातभर परिस्थिति बदलिएन भने आइतबार आफूहरूको राजिनामा आउने एक सांसदले बताए।

कति जना सांसदले राजिनामा दिँदैछन् भन्ने यकिन छैन। तर, ओली पक्षले ३० सांसदलाई स्पष्टीकरण सोधिसकेको छ। तीमध्ये २० जना प्रत्यक्ष निर्वाचित छन् भने १० जना समानुपातिक। तत्काललाई प्रत्यक्ष निर्वाचित सांसदले मात्र राजिनामा दिने तयारी भए पनि समानुपातिक सांसदहरू पनि ओली नेतृत्वको पार्टीमा बस्ने सम्भावना नरहेको एक नेताले जानकारी दिए।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सच्चिने कुनै इच्छा नदेखाएका कारण सामूहिक राजिनामा दिन उपयुक्त ठहर्‍याएको वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन्।
 

प्रकाशित मिति: २३:३१ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्