Kathmandu Press

वीरको नयाँ भवनमा कोरोना अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं, वैशाख २५ : सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर...
वीरको नयाँ भवनमा कोरोना अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं, वैशाख २५ : सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। 

शनिबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई युनिफाइड कोभिड–१९ अस्पताल बनाउने निर्णय गरेको हो। सुरुआतमा पाँच सय शय्याको अस्पताल बनाइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

यसमा पछि शय्या थप्दै लगिने भएको छ। यहि अस्पतालबाट देशभरका कोभिड अस्पताललाई निर्देशित गरिने मन्त्री ज्ञवालीले बताए। 

उनका अनुसार यसका लािग कोभिड–१९ केन्द्रीय अस्पताल सञ्चालन आदेश, २०७८ पारित गरिएको छ। सीसीएमसीको बैठकले पनि वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ अस्पताल बनाउन सिफारिश गरेको थियो। 

केही सातायता कोरोनाको संक्रमण तीव्र रुपमा बढिरहेको छ। देशका सबै जिल्लामा संक्रमण देखिएको छ। यसैलाई ध्यानमा राखेर कोभिड–१९ केन्द्रीय अस्पताल बनाउन लागिएको जनाएको छ। 

प्रकाशित मिति: २१:४१ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्