Kathmandu Press

खोपमा कमिसन खोज्नेलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौं, वैशाख २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खोपमा कमिसन खोज्नेलाई कारबाही गर्न र तत्काल खोप आपूर्ति गर्न माग गरेको छ। राप्रपा अध्यक्षत्रय पशुपति शम्शेर...
खोपमा कमिसन खोज्नेलाई कारबाही गर्न राप्रपाको माग

काठमाडौं, वैशाख २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खोपमा कमिसन खोज्नेलाई कारबाही गर्न र तत्काल खोप आपूर्ति गर्न माग गरेको छ। 

राप्रपा अध्यक्षत्रय पशुपति शम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त विज्ञप्ति जारी गरी कमिसनको चलखेलका कारण खोपको आयात रोकिएको भन्ने खबर सबैलाई आक्रोषित बनाएको जनाएका छन्। ‘संकटको यो समयलाई पनि नाफा आर्जनको मौकाको रुपमा लिइनु अमानवीय र व्यवसायीक धर्म विपरितको कार्य हो,’ राप्रपाले भनेको छ, ‘जनस्वास्थ्यमा खेलवाड गर्ने कमिशनकोरलाई तत्काल छानबिन र कारबाही गरी खोप सहज आपूर्ति गर्न राप्रपा माग गर्दछ।’

यस्तै, राप्रपा हेलिकप्टरको भाडा बृद्धि, अत्यवाश्यक औषधि, अक्सिजनको कालोबजारी रोक्न पनि सरकारसँग माग गरेको छ। संक्रमणबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड पालना गर्न राप्रपाले सबैमा अपील गरेको छ। 

May be an image of text

प्रकाशित मिति: २१:०८ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्