Kathmandu Press

धनगढीलाई हराउँदै बुटबल प्लेअफमा

काठमाडौं, वैशाख २५ : अन्तिम खेलमा जित निकाल्दै बुलटबल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्लेअफमा पुगेको छ। शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा सुमन लामाको...
धनगढीलाई हराउँदै बुटबल प्लेअफमा

काठमाडौं, वैशाख २५ : अन्तिम खेलमा जित निकाल्दै बुलटबल लुम्बिनी एफसी नेपाल सुपर लिगको प्लेअफमा पुगेको छ। 

शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा सुमन लामाको निर्णायक गोलको मद्दतमा धनगढी एफसीलाई १–० ले हराउँदै बुटबल चौथो टिमका रुपमा प्लेअफमा पुगेको हो। अब बुटबल प्लेअफको एलिमिनेटरमा लिगमा तेस्रो स्थानमा रहेको ललितपुर सिटीसँग खेल्नेछ। 

Hardik ivf

यता, पराजयका बाबजुद पनि धगगढी तालिकाको शीर्ष दुईमै रह्यो। उसले प्लेअफको क्वालिफायरमा काठमाडौं रेजर्ससँग खेल्नेछ।
बुटवलको जितसँगै पोखरा थन्डर्स भने प्रतियोगिताबाट बाहिरिएको छ। पोखरा ८ अंक जोडे पनि बुटबलसँग हेड टु हेडमा पछि पर्यो‍ र पाँचौं स्थानमा रह्यो। बुटबल र पोखरा दुवैको समान ८ अंक छ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेल सकिन १० मिनेट बाँकी छँदा सुमनले गोल गर्दै बुटवललाई प्लेअफमा पुर्या‍ए। ८०औं मिनेटमा विलियमले धनगढीका डिफेन्डरलाई बिट गर्दै बल अगाडि बढाउँदै सेकेन्ड बारमामा दिएको पासमा सुमनले गोल गरेका थिए। 

खेलमा बुटवलका विलियम ओपकु प्लेयर अफ दि म्याच भए भने बुटवलकै सुमन लामा इमर्जिङ प्लेयर अफ दि म्याच भए।

प्रकाशित मिति: २०:२८ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्