न्यूरोडमा आजदेखि स्मार्ट पार्किङ, मोबाईलबाटै बुकिङ गर्न सकिने
काठमाडौ, असार १ : काठमाडौंको न्यूरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरू हुने भएको छ।
काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्य....
काठमाडौ, असार १ : काठमाडौंको न्यूरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरू हुने भएको छ।
काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्यूरोड आसपासका पाँच ठाउँमा स्मार्ट पार्किङ सेवाको सुरुआत गर्न लागेको हो। आज महानगरका मेयर विद्या सुन्दर शाक्यले स्मार्ट पार्किङको सुरुआत गर्दैछन्।
व्हिल्स ट्रुली योर्स प्रालिसँगको सहकार्यमा न्यूरोडको पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था गर्न लागेको महानगरले जनाएको छ।
न्यूरोडको रामेश्वर मिठाई पछाडिको भाग, विशालबजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था गरिएको छ।
स्मार्ट पार्किङ स्टेसनमा एकपटकमा झण्डै आठ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने छ। सेवाका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आईओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरले जनाएको छ।
न्यूरोड जानु अघिनै मोबाईलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सकिनेछ।
अग्रिम बुकिङ नगर्नेले पार्किङको सुविधा लिन मुस्किल हुनेछ।






