नेपालसहित १२ मुलुक बेलायतको यात्रा प्रतिबन्ध सूचीमा
कोरोना भाइरसका नयाँ भेरियन्टको तीव्र प्रसार भइरहेको बताउँदै बेलायतले नेपालसहित १२ मुलुकलाई यात्रा प्रतिबन्धको सूचीमा राखेको छ।
काठमाडौं, वैशाख २५ : बेलायतले नेपालसहित १२ मुलुकलाई यात्रा प्रतिबन्धको सूचीमा राखेको छ।
कोरोना भाइरसका नयाँ भेरियन्टको तीव्र प्रसार भइरहेको बताउँदै बेलायतले यस्तो सूची सार्वजनिक गरेको हो।
बेलायतको यातायात तथा पारवहन मन्त्रालयले टर्की, नेपाल, माल्दिभ्सलगायत मुलुकलाई उक्त सूचीमा राखेको छ। बीबीसीका अनुसार ती मुलुकका लागि यात्रा प्रतिबन्ध १७ मेदेखि लागू हुनेछ। पोर्चुगल, इजरायल, जिब्राल्टर पनि यो सूचीमा परेका छन्।
प्रकाशित मिति: १९:३८ बजे, शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











