Kathmandu Press

डोटीमा अक्सिजनसहित ३५ शय्याको आइसोलेशन निर्माण

डोटी, वैशाख २५ : स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेशन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला पूर्वीचौँकी गाउँपालिकाले अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन (कोरोना अस्पताल) कक्ष...
डोटीमा अक्सिजनसहित ३५ शय्याको आइसोलेशन निर्माण

डोटी, वैशाख २५ : स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेशन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला पूर्वीचौँकी गाउँपालिकाले अक्सिजनसहित ३५ शय्याको आइसोलेशन (कोरोना अस्पताल) कक्ष निर्माण गरेको छ।

कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणले जिल्लामा आक्रान्त बनाउन थालेपछि बल्ल उक्त गाउँपालिकाले अक्सिजनसहितको आइसोलेशन निर्माण गरेको हो। गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन कक्ष बनाइएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए।

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको जिल्लमा अहिलेसम्म अन्य कुनै पनि स्थानीय तहले आइसोलेशन कक्ष निर्माण गर्न सकेका छैनन्। पुर्वीचौँकीले निर्माण गरेको आइसोलेशन कक्षमा अस्पतालमै प्रयोग हुने ३५ श्यया जडान गरिएको र आइसोलेशन निर्माण तथा व्यवस्थापन गर्ने काम सम्पन्न भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए।

आइसोलेशनमा अक्सिजन सिलिण्डर राख्नका लागि आपुर्तीकर्तासँग समन्वय पनि भइरहेको उनले बताए। यस्तै गाउँपालिकाले सञ्चालनमा ल्याएका दुई बसलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने कार्यपालिकाको निर्णय भएको बताइएको छ। यसका साथै कोभिड–१९ बाट सङ्क्रमित सबै बिरामीको गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ। 
 

प्रकाशित मिति: १६:२१ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्