१९ जना सांसदलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख २५ : संघीय संसद्का १९ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। संसद् सचिवालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका १८ र राष्ट्रिय सभाका एक जना रहेका छन् ।
२७ गते बस्ने प्रतिनिधि सभा बैठकको तयारी स्वरुप बिहीबारबाट संसद् भवन नयाँ बानेश्वरमा वैशाख २२,२३ र २४ गते स्वाब संकलन गरिएको थियो । शनिबार दिउँसोसम्म १ हजार २३४ जनाको रिपोर्ट आएको छ। जसमा संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आइसीसीका कर्मचारी तथा अन्य रहेका छन्।
संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकिय सचिब, सुरक्षाकर्मी, ससदीय मामिला पत्रकार लगायत १४१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको सचिवालयले जनाएको छ।
२७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदैछन्।
प्रकाशित मिति: १५:४१ बजे, शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)