Kathmandu Press

अक्सिमिटर कालोबजारी गर्ने औषधि पसले पक्राउ

अक्सिमिटर कालोबजारी गर्ने औषधि पसले पक्राउ

पर्सा, वैशाख २५ : अक्सिमिटर कालोबजारी गरेको आरोपमा पर्साबाट औषधी पसल सञ्चालक पक्राउ परेका छन् । 

पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ३२ वर्षीय रामहरि तिवारीलाई अक्सिमिटर कालोबजारी गरेको आरोपमा पर्सा प्रहरीले पक्राउ हो।

तिवारीले १९ सय रुपैयाँमा पाइने अक्सिमिटर ३५ सय भन्दा बढी मूल्यमा बिक्री गरेको प्रहरीले जनाएको छ । 

तिवारीको पसलबाट प्रहरीले १२ थान अक्सिमिटर बरामद गरेको छ।

प्रहरीका अनुसार तिवारीलाई कालोबजारी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइने छ । 

प्रकाशित मिति: १४:५४ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्