कांग्रेसले गर्याे काठमाडौंका गुठीयारसँग छलफल
काठमाडौं, जेठ ३१ : सरकारले संसदमा दर्ता गरेको गुठी विधेयकको विरोध गर्दै आएको कांग्रेसले गुठीयारसँग छलफल गरेको छ।
शनिबार संसदीय दलको कार्यालय....
काठमाडौं, जेठ ३१ : सरकारले संसदमा दर्ता गरेको गुठी विधेयकको विरोध गर्दै आएको कांग्रेसले गुठीयारसँग छलफल गरेको छ।
शनिबार संसदीय दलको कार्यालय सिहदरबारमा कांग्रेसले काठमाडौंका विभिन्न गुठीसँग छलफल गरेको हो । सरकारले ल्याएको गुठी विधेयकले परम्परा, धर्म, संस्कृति र सभ्यतामाथि प्रहार गरेको कांग्रेसको ठहर छ ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञ, गुठीयार प्रतिनिधि र सरोकारवालासँग बैठक बसेर गुठीसँग सम्बन्धित विषयहरुमा छलफल भएको बताए ।
विधेयक फिर्ता गराउन गुठीयारहरुसँग सरोकार राख्ने सम्बन्धित सबै पक्षबाट भइरहेको आन्दोलनलाई कांग्रेसले समर्थन गरेको छ । का.ग्ेसले गठीयारहरुको आन्दोलनलाई समर्थन गर्दै शसक्त आन्दोलन गर्ने जनाएको छ ।






