Kathmandu Press

राप्ती खोलामा भेटियो प्रहरीको शव 

हेटौँडा, वैशाख २५ : हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा प्रहरीको शव फेला परेको छ। उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक...
राप्ती खोलामा भेटियो प्रहरीको शव 

हेटौँडा, वैशाख २५ : हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा प्रहरीको शव फेला परेको छ। उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो।

गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्थानीयवासीले शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए।
 

प्रकाशित मिति: १३:४६ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्