Kathmandu Press

संवैधानिक परिषद् बैठकमा कांग्रेस सहभागी नहुने

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएको भन्दै सभापति देउवाले शनिबार विज्ञप्ति जारी गर्दै  संवैधानिक परिषद् बैठकमा नजाने बताएका छन् । 
संवैधानिक परिषद् बैठकमा कांग्रेस सहभागी नहुने

काठमाडौं, वैशाख २५ : संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेस सहभागी नहुने भएको छ । प्रधानमन्त्री केपी ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने कांग्रस सभापति शेरबहादुर देउवाले बताएका हुन् । 

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएको भन्दै सभापति देउवाले शनिबार विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् बैठकमा नजाने बताएका छन् । 

नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले पनि आइतबारको बैठकमा सहभागी नहुने बताइसकेको छ। 

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था छ।

प्रधानमन्त्री ओलीले बहुमतको आधारमा सिफारिसको निर्णय गर्न सक्ने व्यवस्थासहितको अध्यादेश ल्याएपछि विरोध हुँदै आएको छ।

संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गर्दा सहमतिमा गर्नुपर्ने कानूनी व्यवस्था रहेपनि सरकारले ल्याएको अध्यादेशमा सभामुख र प्रतिपक्षी दलको नेता अनुपस्थित हुँदा नियुक्तिको सिफारिस हुन सकिरहेको छैन।

प्रकाशित मिति: १३:२६ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्