कोरोनाविरुद्धको लडाइमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह
शनिबार अमेरिकी टेलिभिजन सीएनएनलाई विशेष अन्तर्वार्ता दिँदै ओलीले राष्ट्रसंघ लगायतका निकायलाई मद्दतका लागि आग्रह गरेका हुन्।काठमाडौं, वैशाख २५ : प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।
शनिबार अमेरिकी टेलिभिजन सीएनएनलाई विशेष अन्तर्वार्ता दिँदै ओलीले राष्ट्रसंघ लगायतका निकायलाई मद्दतका लागि आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले नेपालको परिस्थिती नियन्त्रणमा रहेको समेत बताउँदै दलबाट हेलचक्र्याइँ भएको समेत स्वीकार गरे ।
केही महिनाअघि सडकमा भएको प्रदर्शन राजनीतिक भएपनि सामाजिक समस्या भएको उनले बताए । कोरोनाबाट जोखिममा रहेकालाई जोगाउन सरकारले अधिकतम प्रयास गरिरहेको समेत उनले जनाए । सरकारको प्रयासको कारण नेपालमा मृत्युदर १ प्रतिशतभन्दा कम रहेको ओलीको भनाई थियो।
प्रकाशित मिति: १२:३७ बजे, शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)