Kathmandu Press

बाँकेमा ५ कोरोना संक्रमितको मृत्यु

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१० र १४ का ३८ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१२ र १ ६७ र ६४ वर्षीय पुरुष रहेको छन् । यस्तै, र्दियाको बढैयाताल–७ घर भएका ५२ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ।
बाँकेमा ५ कोरोना संक्रमितको मृत्यु

बाँके, वैशाख २५ : कोरोना भाइरसको संक्रमणका कारण बाँकेमा थप ५ जनाको मृत्यु भएको छ। उनीहरुको उपचारका क्रममा शनिबार बिहान निधन भएको हो । जसमा चार जना बाँकेका र एक जना बर्दियाका रहेको बताइएको छ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१० र १४ का ३८ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१२ र १ ६७ र  ६४ वर्षीय पुरुष रहेको छन् । यस्तै, बर्दियाको बढैयाताल–७ घर भएका ५२ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ।

मृत्यु हुने मध्ये ४ जनाको भेरी अस्पताल र एक जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारक क्रममा मृत्यु भएको हो।

योसँगै बाँके जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १७४ पुगेको छ ।

प्रकाशित मिति: १०:४९ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्