Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक २ बजे बस्ने

काठमाडौं, वैशाख २५ : प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार दिउँसो २ बजे बस्ने भएको छ। आगामी वैशाख २७ गते प्रधानमन्त्रीले...
कांग्रेस संसदीय दलको बैठक २ बजे बस्ने

काठमाडौं, वैशाख २५ : प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार दिउँसो २ बजे बस्ने भएको छ। आगामी वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनक लागि बोलाइएको संसदको विशेष अधिवशेनका विषयमा छलफल गर्न कांग्रेस संसदीय दल बैठक बोलाइएको हो।

बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशनमा पार्टीको रणनीति, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयमा छलफल हुने बताइएको छ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको विश्वासको मतलाई असफल बनाउने निर्णय गरेको थियो।

 

प्रकाशित मिति: १०:३९ बजे, शनिबार, वैशाख २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्