Kathmandu Press

गुठी विधेयक फिर्ता नलिएसम्म कांग्रेसले संसद चल्न दिँदैन : प्रधान

काठमाडौं, जेठ ३२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने बता....

 गुठी विधेयक फिर्ता नलिएसम्म कांग्रेसले संसद चल्न दिँदैन : प्रधान

काठमाडौं, जेठ ३२ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म आफ्नो पार्टीले संसद चल्न नदिने बताएका छन्। 

कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने प्रधानको भनाइ थियो। विधेयक फिर्ता भएन भने काठमाडौं जुरुक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी थियो। 

रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा प्रधानले मन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्यपूर्ण भएको बताए। गुठी विधेयककै कारण संघीयता समेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयता विरोधीको रुपमा देखा परेको जिकिर गरे।

०६२–६३ को आन्दोलनका बेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिदैन भन्ने ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको आरोप लगाए। ओलीले होली वाइन खाएको आरोप लगाउँदै प्रधानले नेपाली मौलिक संस्कृति मास्न खोजेको जिकिर गरे। 

‘गुठी विधेयक फिर्ता गर्नुपर्छ। फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौं। असार ४ गतेपछि के हुन्छ हेर्दै जानुस्,’ उनले भने।
 

प्रकाशित मिति: १७:३७ बजे, शनिबार, जेठ ३२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्