कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु
बुटवल, वैशाख २५ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ। अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–१ का ४८ वर्षीय...
बुटवल, वैशाख २५ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ।
अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका–१ का ४८ वर्षीय पुरुष र बुटवल–११ की ३० वर्षीया महिलाको मृत्यु भएको हो। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
दुवै जना वैशाख २२ गते अस्पताल भर्ना भएका थिए। पुरुषको गएराति ११ बजे र महिलाको आज बिहान ५ः५२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए।
योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ५५ पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: ०८:५१ बजे, शनिबार, वैशाख २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)